गुल्मीको सत्यवतीमा गएकाे पहिरोमा पुरिएका १३ जनाकै शव भेटियो
९ साउन, गुल्मी । गुल्मीको सत्यवती गाउँपालिकामा सोमबार राति गएको पहिरोमा पुरिएका १३ जनाकै शव निकालिएको छ । पहिरोमा पुरिएर हराइरहेकी लिम्घाकी ८ वर्षीया तारा विकको शव नेपाली सेनाको टोलीले बिहीबार बिहान निकालेको हो ।

अबिरल वर्षापछि आएको पहिरोका कारण सत्यवती गाउँपालिकाको ठूलोलुम्पेक र लिम्घामा गरी ६ सय भन्दा बढी स्थानीय विस्थापित बनेका छन् । विस्थापित भएकाको तत्कालका लागि अस्थायी क्याम्प निर्माण गरी व्यवस्थापन गरिएको छ ।
विस्थापितहरुका लागि खाद्यान्नको समस्या भएपछि बुधवार नेपाली सेनाको हेलिकप्टरबाट खाद्य सामग्री वितरण गरिएको थियो ।
प्रकाशित मिति : July 25, 2019 at 11:37 am









