७ जेष्ठ २०८३, बिहिबार | Thu May 21 2026

बहुविवाह गरेका एक जोडी पक्राउ

८ साउन, जनकपुर । बहुविवाह गरेका एक जोडी पक्राउ परेका छन् । ३४ वर्षिय अशोककुमार महतो र बटेश्वर गाउँपालिका वडा नम्बर १ बस्ने १७ वर्षीया सुजिताकुमारी महतोले केही महिनाअघि गैरकानुनिरुपमा गोप्यरुपमा विवाह गरेको भन्दै प्रहरीले पक्राउ गरेकाे छ । उनिहरूलाइ बहुविवाहकाे आरोपमा प्रहरीले पक्राउ गरेको हो । दुई छोराछोरीका बुवा समेत रहेका महतोकी पहिलो श्रीमतीले जाहेरी दिएपछि उनीहरुलाई प्रहरीले नियन्त्रणमा लिएको हो ।

खोजतलासको क्रममा दुवै जनालाई महोत्तरीको बर्दिवासबाट पक्राउ गरेको प्रहरी नायव उपरीक्षक रामेश्वर कार्कीले जानकारी दिए । महतोले आफु अविवावित पुरुष भन्दै जिल्ला अदालतबाट ४ महिना पहिले कानुनी  विवाह गरेका थिए । अदालती विवाह पछि उनीहरुले सामाजिक रुपमा समेत विवाह गरेका थिए । पहिलो श्रीमतीले जिल्ला प्रहरीमा आफुलाई कुटपिट गर्दै आएको र अर्को विवाह गरेकाे भन्दै हालिएको जाहेरीअनुसार उनीहरुलाई पक्राउ गरि बहुविवाह मुद्दा लगाइएको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : July 24, 2019 at 7:52 pm