२८ जेष्ठ २०८३, बिहिबार | Fri Jun 12 2026

करेन्ट लागेर नुवाकाेटकाे कृष्ण भुजेलकाे मृत्यु

८ साउन, नुवाकाेट । करेन्ट लागेर विदुर नगरपालिका–९ खिम्चेतमा आज विहान एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा विदुर नगरपालिका–९ खिम्चेतका ३२ वर्षीय कृष्ण भुजेल रहेका छन् । आफ्नो फार्ममा कुखुरालाई दाना दिने क्रममा त्यहाँ रहेको बिजुलीको तारमा करेन्ट लागेर गम्भीर घाईते भएका भुजेललाई उपचारका लागि जिल्ला अस्पताल त्रिशूली ल्याउँदै गर्दा बाटोमा नै मृत्यु भएको प्रहरी निरीक्षक विष्णुहरि फुयाँलले बताउनुभयो ।

प्रकाशित मिति : July 24, 2019 at 6:32 pm