बाढीले लमजुङको हाइड्रो पावर बगायो, २ जना मृत भेटिए, २० जना सम्पर्कविहीन
८ साउन, लमजुङ । लमजुङको दर्दी खोलाले लिवर्टी हाइड्रो पावर बगाएपछि २ जना मृत भेटिएका छन् भने २० जना सम्पर्कविहीन भएका छन् । अविरल बर्षाका कारण दर्दी खोला बाढी अाएकाे जिल्ला प्रहरी कार्यालय लमजुङका डिएसपी रविन्द्र गुरुङ बताए । अन्य विस्तृत जानकारी प्राप्त भइनसकेको डीएसपी गुरुङले बताएका छन् । कच्ची बाटो भएकाले घटनास्थलमा पुग्न समस्या भएको प्रहरीले जनाएको छ ।

दर्दी खोलाबाट २५ मेघावाट क्षमताको लिवर्टी हाइड्रो पावर निर्माणधिन रहेकाे डीएसपी गुरुङले जनाएका छन् । बाढीका कारण आयोजनामा कार्यरत १५–२० सम्पर्कविहीन भएकाे लिबर्टी हाइड्रोपावरका सञ्चालक राम पाण्डेले बताएका छन् । सदरमुकाम बेसी शहरबाट २५ किलोमिटर टाढा रहेको हाइड्रोपावरसम्म पुग्न कच्ची बाटो भएकाले सुरक्षाकर्मी र उद्धार टोली पुग्न नसकेको उनको भनाई छ ।
प्रकाशित मिति : July 24, 2019 at 5:38 pm









