६ जेष्ठ २०८३, बुधबार | Thu May 21 2026

‘विप्लव’ समूहका प्रभावशाली नेता माइला लामा नख्खु कारागार चलान

७ साउन, काठमाडाैँ । नेत्रविक्रम चन्द ‘विप्लव’ समूहका उपत्यका ब्युरो इन्चार्ज माइला लामा मंगलबार कारागार चलान भएका छन् । लामालाई नख्खु कारागार चलान गरिएको प्रहरीले जनाएको छ । प्रहरीले उनीविरुद्ध संगठित अपराध र राज्य विरुद्धको अपराधमा मुद्दा चलाएको थियो ।

सोही मुद्दामा पुर्पक्षका लागि उनलाई ललितपुर जिल्ला अदालतले कारागार चलान गर्ने आदेश दिएको हो । केहीदिन अघि लामालाई काठमाडौँको काडाँघारीबाट मध्यरातमा नियन्त्रणमा लिइएको थियो । सरकारले अप्रत्यक्ष रुपमा वार्ताको वातावरण बनाइरहेको बताइरहे पनि नेकपा नेता तथा कार्यकर्ता पक्राउ गर्न भने छोडेको छैन।

प्रकाशित मिति : July 23, 2019 at 10:04 pm