विप्लव समूहका कार्यकर्ताद्धारा डोटीमा वडा कार्यालयमा आगजनी
७ साउन, कैलाली । विप्लव नेतृत्वको नेकपाका कार्यकर्ताले डोटीको एक वडा कार्यालयमा आगजनी गरेका छन । गएराति उनीहरूले जोरायल गाउँपालिका वडा नम्बार-४, लक्ष्मीनगरमा रहेको वडा कार्यालयमा आगजनी गरेका हुन । आगजनी गर्ने समूहको पहिचान नभएको पनि विप्लव समूहका कार्यकर्ताले आगजनी गरेको हुनसक्ने प्रहरीले अनुमान गरेको छ ।

आगजनी किन र कसले र कुन उद्देश्यले गर्यो भन्ने विषयमा अनुसन्धान भैरहेको जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी प्रवक्ता तथा डीएसपी लालबहादुर धामीले बताएका छन । यद्यपी उनले विप्लव समूहका कार्यकर्ताले नै अागजनी गरेको अनुमान गरे । आगजनीबाट वडा कार्यालयको वडाध्यक्ष तथा वडा सचिवको कोठामा भएका सम्पूर्ण सर सामान जलेर नष्ट भएको वडाअध्यक्ष नन्दराज भट्टले बताएका छन ।
प्रकाशित मिति : July 23, 2019 at 10:59 am







