मिर्गाैला पीडित पुडासैनीको उपचारका लागि जापानमा रहेका ५९ नेपालीले गरे सहयोग (सूचीसहित)
७ साउन, काठमाडौँ । मिर्गौला पीडित अनेरास्ववियू नुवाकोटका पूर्व अध्यक्ष केदार पुडासैनीको उपचारका लागि जापानमा बस्ने नेपालीहरूले दुई लाख १८ हजार २१ रूपैयाँ नगद सहयोग गरेका छन । जापानबाट अनेरास्ववियु नुवाकोटका पूर्व अध्यक्ष राजेन्द्र अधिकारी, नुवाकोट समाज जापानका अध्यक्ष हरि लामिछाने, अनेरास्ववियु नुवाकोटका पूर्व सचिव तथा नुवाकोट समाज जापानका महासचिव दिपक घिमिरे, शिखरबेसी गा वि स का पूर्व अध्यक्ष राज कुमार पण्डित र पुर्व विद्यार्थी नेता शिवराम ढकाल, जगदिश खनाल लगायतको अगुवाइमा मिर्गौला पीडित पुडासैनीका लागि सहयोग संकलन गरिएको हो । यो समूहले नेपालमा धेरै खालको सामाजिक अभियानमा साथ दिँदै अाएको छ ।

अनेरास्ववियूका नुवाकोटका पूर्व अध्यक्ष अनुजकुमार श्रेष्ठले स्वस्फूर्त रूपमा सुरू गरेको सहयोग अभियानमा दुई सय भन्दा बढी सहयोगी हात जोडिएका छन । श्रेष्ठकै समन्वयमा जापानमा पनि सहयोग अभियान चलेको हो । १० लाख रूपैयाँको अपेक्षा गरेर एक महिनाको समय दिइ सञ्चालन भएको अभियानले आजैमात्र एक महिना पुरा भएको छ । यो बीचमा झण्डै १५ लाख रूपैयाँ सहयोग संकलन भएको र अब केदार पुडासैनीको मिर्गौला प्रत्यारोपण सम्भव भएको सहयोग संकलन अभियन्ता अनुज श्रेष्ठले जानकारी दिए ।

पुडासैनीको उपचारका लागि सहयोग गर्ने ५९ जनाको सूची यस्तो छ । 
प्रकाशित मिति : July 23, 2019 at 8:41 am









