६ जेष्ठ २०८३, बुधबार | Thu May 21 2026

माल्टा पठाइदिने भन्दै नक्कली भिसा दिएर ६५ लाख ठगी गर्ने राहुल पाण्डे पक्राउ

६ साउन, काठमाडाैँ । माल्टा पठाइदिने भन्दै नक्कली भिसा दिएर ६५ लाख ठगी गर्ने एकजनालाई प्रहरीले पक्राउ गरेको छ । दिल्ली घर भइ अहिले काठमाण्डौ सिनामंगल बस्ने २३ वर्षीय राहुल पाण्डेलाई टेकुबाट शुक्रबार साँझ प्रहरीले पक्राउ गरेको हो । भीभी इन्टरनेशनल प्रालिका सञ्चालक दावा शेर्पाको उजुरीको आधारमा पाण्डेलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

पाण्डेले उनले भीभी इन्टरनेशनल प्रालिमार्फत विदेश पठाइदिने प्रलोभन देखाएका थिए । प्रहरीका अनुसार पाण्डेले भिसा प्रोसेसिङ र सेक्युरिटी डिपोजिट गर्न भन्दै पटक पटक गरी ६५ लाख ७० हजार ६ सय रुपैयाँ ठगी गरेका छन् । पाण्डेलाई आवश्यक कारबाहीका लागि महानगरीय प्रहरी परिसर काठमाडाैँ पठाइएको छ ।

प्रकाशित मिति : July 22, 2019 at 3:01 pm