विप्लवका प्रभावशाली नेता माइला लामालाई ‘ज्यान मार्ने’ विरुद्धको मुद्दा
५ साउन, काठमाडाैँ । विप्लवका प्रभावशाली नेता माइला लामालाई ‘ज्यान मार्ने’र ‘बम विस्फोट’ विरुद्धको मुद्दा चलाइने भएको छ । उपत्यका ब्यूरो इन्चार्ज समेत रहेका लामालाई ज्यान मार्ने उद्योग र बम विस्फोटविरुद्ध मुद्दा चलाएकाे महानगरीय अपराध महाशाखाका प्रमुख सहकुल थापाले जानकारी दिए ।

लामा आइतबार काठमाडौंको काँडाघारीबाट पक्राउ परेका थिए । यसअघि नै ललितपुर जिल्ला अदालमा कर्तव्य ज्यान अन्तर्गत मुद्दा दर्ता गरिएका उनीविरुद्ध नख्खु र काठमाडौंमा बम विस्फोटको आरोप समेत लागेको छ ।
प्रकाशित मिति : 11:34









