६ जेष्ठ २०८३, बुधबार | Thu May 21 2026

४ साउन, भक्तपुर । महानगरीय प्रहरी वृत्त जगातीले आज सूर्यविनायक नगरपालिका–६ स्थित चिरन थापाले सञ्चालन गरेको ‘करण क्याफे’मा जुवातास खेल्दै गरेका सात जनालाई पक्राउ गरेको छ । प्रहरीले उनीहरुलाई रु ७० हजारसहित पक्राउ गरेको प्रहरी नायब उपरीक्षक रेवतीरमण पोखरेलले जानकारी दिनुभयो ।

यस्तै सूर्यविनायक नगरपालिका–६ स्थित हरिबहादुर खड्काको घरबाट गए राति महानगरीय प्रहरी परिसर भक्तपुरबाट खटिएको टोलीले तास खेलिरहेको अवस्थामा १० जनालाई रु एक लाख ३३ हजारसहित पक्राउ गरेको थियो । भक्तपुर नगरपालिका–१ सल्लाघारीबाट रु ६७ हजारसहित छ जनालाई पक्राउ गरेको थियो ।

प्रकाशित मिति : July 20, 2019 at 9:54 pm