६ जेष्ठ २०८३, बुधबार | Thu May 21 2026

माछा मार्न गएका २ युवालाई तमोर नदीले बगायाे

४ साउन, पाँचथर । माछा मार्न गएका २ युवालाई तमोर नदीले बगाएकाे छ । पाँचथरकाे हिलिहाङ गाउँपालिका–५, सुभाङका २ जना युवालाई तमोर नदीले बगाएर बेपत्ता भएका हुन् । सुभाङबाट तेह्रथुमको आठराई गाउँपालिकाकाे सिमखर्कमा पाहुना गएका अन्दाजी १७/१८ वर्षका जीवन सुहाङ र सन्दिप सेंवालाई शुक्रबार तमोर नदीमा बगेर बेपत्ता भएका हुन् ।

पाहुना गएका दुवै युवा शुक्रबार दिउँसो स्थानीयसँग मिलेर तमोर नदीमा माछा मार्न जाँदा उनिहरूलाई तमोर नदीले बगाएकाे भएपनि घटनाको बारेमा सँगै गएका साथीहरुले शनिबार बिहान मात्र अरुलाई जानकारी गराएका थिए । बेपत्ता दुवै जनाको शनिबार दिनभर नदी किनार आसपास खोजतलास गरिए पनि भेट्न नसकिएकाे प्रहरीले जानकारी दिएकाे छ ।

प्रकाशित मिति : July 20, 2019 at 9:15 pm