केवलको तार बनाउन पोलमा चढेका नुवाकोटका विष्णुकाे करेन्ट लागेर मृत्यु
३ साउन, विदुर । नुवाकोटको सूर्यगढी गाउँपालिका–५ स्थित बगुवामा करेन्ट लाग्दा आज एकको मृत्यु भएको छ । सोही गाउँपालिकास्थित बगुवामा छिमेकीको घरको केवलको तार बनाउन बिजुलीको पोलमा चढेका सोही स्थानका ३५ वर्षीय विष्णु राईलाई करेन्ट लाग्दा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय नुवाकोटका प्रहरी निरीक्षक विष्णुहरि फुँयालले जानकारी दिनुभयो ।
करेन्ट लागेर गम्भीर घाइते भएका राईलाई उपचारका लागि जिल्ला अस्पताल त्रिशूली ल्याइएको थियो । घाइते राईको उपचारका क्रममा मृत्यु भएको र उनको शव परीक्षणका लागि आवश्यक प्रक्रिया र अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको हो ।
प्रकाशित मिति : July 20, 2019 at 7:02 pm







