पूर्व मुख्यमन्त्री तथा कांग्रेस नेतृ दीक्षितकाे निधन
४ साउन, भारत । कांग्रेसकी पूर्व मुख्यमन्त्री तथा वरिष्ठ नेतृ ८१ वर्षीया शीला दीक्षितको निधन भएको छ । झण्डै एक हप्तादेखि बिरामी रहेकी दीक्षितलाई शनिबार बिहान एस्कार्ट्स फोर्टिस अस्पतालमा भर्ना गराइएको थियो । उनको उपचारकाे क्रममा निधन भएको अस्पतालका निर्देशक डाक्टर अशोक सेठले जनाएका छन् । दीक्षितको निधन दिल्लीवासीका लागि मात्र नभै भारतीय कांग्रेस पार्टी र गान्धी परिवारका लागि पनि ठूलो क्षति भएको जनाइएकाे छ ।
प्रकाशित मिति : ४ श्रावण २०७६, शनिबार १७:२७