परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले गरे अङ्गदानको घोषणा
३ साउन, काठमाडौँ । परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले अङ्गदान गरेका छन् । मन्त्री ज्ञवालीले आज मृत्यु पश्चात मृगौला, मुटु, फोक्सो, कलोजो, प्याङक्रियाज, सानो आन्द्रा अङ्ग दान गरेका हुन् ।
५८ वर्ष पुगेका ज्ञवालीको यी ६ अङ्ग मृत्यु पश्चात आवश्यक भएको जुनसुकै बिरामी व्यक्तिको शरीरमा प्रत्यारोपण गर्न सकिने छ ।
प्रकाशित मिति : July 19, 2019 at 5:15 pm







