बाढीपीडितलाई खाद्यान्न वितरण
३ साउन, ललितपुर । एक साता अगाडि अविरल वर्षासँगै आएको बाढीका कारण प्रभावित परिवारलाई महालक्ष्मी नगरपालिकाले खाद्यान्न वितरण गरेको छ । महालक्ष्मी–१० लाँकुरीभञ्ज्याङका १४ परिवारलाई नगरपालिकाले एक हप्तादेखि नै चामल, दाल, तेल, लुगा धुने र नुहाउने साबुन, सरफ, चिउरा, भुजिया र दालमोठ वितरण गरेको छ ।

नगरपालिकाकी उपप्रमुख निर्मला थापाले अविरल वर्षाका कारण १२ घर पूर्ण क्षति भएका छन् भने दुई घरको अवस्था सामान्य रहे तापनि गोठ भने पूरै भत्किएको बताउँदै पीडित परिवारलाई राहत उपलब्ध गराइनेछ भन्नुभयो । प्रभावित परिवार हाल छिमेकीको घरमा बस्दै आएका छन् । वडाध्यक्ष बलराम लामाले ललितपुर जिल्ला प्रशासन कार्यालयले राहत वितरणमा एकद्वार प्रणाली लागू गर्ने बताउनुभयो ।
प्रकाशित मिति : July 19, 2019 at 3:34 pm









