६ जेष्ठ २०८३, बुधबार | Wed May 20 2026

युवती बलात्कारको आरोपमा नेपाल प्रहरीका असई राजेन्द्र साह पक्राउ

३ साउन, रौतहट । युवती बलात्कारको आरोपमा नेपाल प्रहरीका असई पक्राउ परेका छन् । २० वर्षीय युवतीलाई बलात्कार गरेको आरोपमा बारा जिल्ला महागढिमाई नगरपालिका घर भई जिल्ला प्रहरी कार्यालय मकबानपुरमा कार्यरत असई राजेन्द्र साहलाई असार ३१ गते पक्राउ गरिएकाे हाे ।

 

 

साहले चन्द्रनिगाहपुरको माउण्ट एरिवा गेष्ट हाउसको ३०६ नम्बरको कोठामा लगेर २० बर्षीय युवतीलाई बलात्कार गरेकाे प्रहरीले जनाएकाे छ । पक्राउ परेका साहलाई जिल्ला अदालत गौरबाट जबर्जस्ती करणी गरेको आरोपमा ५ दिनको म्याद थप गरेर थप अनुसन्धान अघि बढाइएको जिल्ला प्रहरी प्रमुख एसपी भूपेन्द्र खत्रीले जानकारी दिए ।

प्रकाशित मिति : July 19, 2019 at 2:56 pm