६ जेष्ठ २०८३, बुधबार | Wed May 20 2026

आफन्तलाई  परिक्षामा नम्बर बढाएर पास गर्ने त्रिवि परीक्षा नियन्त्रण कार्यालयका पूर्वकर्मचारीले गरे आत्महत्या  

३ साउन, काठमाडाैँ । आफन्तलाई  परिक्षामा नम्बर बढाएर पास गर्ने त्रिवि परीक्षा नियन्त्रण कार्यालयका पूर्वकर्मचारीले आत्महत्या गरेका छन् । काठमाडौं, साउन ३ । त्रिभुवन विश्वविद्यालयको कर्मचारी भर्नामा अनियमितता गरेको आरोपमा भ्रष्टाचार मुद्दा दायर खेपिरहेका रामबहादुर पाण्डे क्षेत्रीले त्रिपुरेश्वरस्थित राधा भवनको ६ तलाबाट हामफालेर आत्महत्या गरेका हुन् ।

त्रिपुरेश्वरस्थित राधा भवन परिसरमा बिहीबार दिउँसो मृत भेटिएका पाण्डे भ्रष्टाचार मुद्दाकै विषयमा वकिललाई भेट्न गएका र उनले वकिलकै कार्यालयबाट हाम फालेर आत्महत्या गरेको हुन सक्ने काठमाडौं परिसरका एसएसपी उत्तमराज सुवेदीले बताएका छन् । आफन्तलाई भर्ना गर्न उत्तरपुस्तिकाको नम्बर पटक पटक हेरफेर गरेको आरोपमा उनीसहित परिक्षा नियन्त्रणा कार्यालयका १० अधिकारीविरुद्ध गत १८ असारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा मुद्दा दायर गरेको थियो ।

प्रकाशित मिति : July 19, 2019 at 1:03 pm