६ जेष्ठ २०८३, बुधबार | Wed May 20 2026

धनगढीमा बम विस्फोटमा परि घाइते भएका राम सिंहको मृत्यु, अन्य चार जनाको उपचार हुँदै

३ साउन, कैलाली । बिहीबार साँझ कैलालीको धनगढीमा बम विस्फोटमा परि गम्भीर घाइते भएका बझाङका राम सिंहको मृत्यु भएको छ । सिंहको उपचारका क्रममा शुक्रबार बिहान मृत्यु भएको प्रहरीले जनाएको छ । धनगढी उपमहानगरपालिकाको शहीद गेट नजिकै रहेको निलम होटलमा बिहीबार साँझ बम विस्फोट हुँदा सिंहसहित पाँच जना घाइते भएका थिए ।

उनको उपचारका क्रममा माया मेट्रो अस्पतालमा ज्यान गएको वडा प्रहरी कार्यालय धनगढीका प्रहरी निरीक्षक पुष्कर पन्तले जानकारी दिए । बम विस्फोटमा परि घाइते भएका कञ्चनपुर बेल्डाँडीका लक्ष्मण सेरेला, धनगढीका जितेन्द्र यादव, होटेलका सञ्चालक केशवराज पाण्डेय र ठेगाना नखुलेका मोबिन खानको उपचार भैरहेको छ ।

प्रकाशित मिति : July 19, 2019 at 11:55 am