सहकारीमा कालोधनको डंगुर, कांग्रेस नेता मोहन बस्नेतको ६१ करोड रूपैयाँको स्रोत खुलेन
३ साउन, काठमाडाैँ । सहकारीमा कालोधनको डंगुर भेटिएको छ । सहकारीको प्रवर्द्धन गर्ने कम्युनिष्टहरू भए पनि सहकारीमा कालोधनको डंगुर बनाउनेमा कांग्रेसका नेता अग्रपंक्तिमा देखिएका छन । नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं पूर्व सञ्चारमन्त्री मोहनबहादुर बस्नेत एक्लैको स्रोत नखुलेको ६१ करोड रूपैयाँ भेटिएको अन्नपूर्ण पाेस्ट दैनिकले समाचार लेखेको छ ।

पूर्वमन्त्री बस्नेतको नाममा राजधानीको महाबौद्धस्थित प्रणामी बचत तथा ऋण सहकारी संस्थामा रहेको ६१ करोडको स्रोत नखुलेको र उक्त रकम कालोधन भएको शंकामा थप अनुसन्धान अघि बढाइएको सम्पत्ति शुद्धिकरण अनुसन्धान विभागले जनाएको छ । विभागले पूर्वमन्त्री बस्नेतले रकम झिक्न निमल्ने गरी रोक्का गरेको छ । नेपाली कांग्रेसभित्र लोकमानसिंह कार्कीका सारथीका रूपमा चिनिएका बस्नेतबारे विगतमा सुन तस्करीमा पनि नाम जोडिने गरेको थियो ।
प्रकाशित मिति : 08:51









