११ कार्तिक २०८३, मंगलबार | Tue Oct 27 2026

नेपाल टेलिकमले सञ्चालनमा ल्यायाे ‘एनपीएल अनलिमिटेड प्याकेज’

१० कात्तिक, काठमाडौं । नेपाल टेलिकमले नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणलाई लक्षित गर्दै ‘एनपीएल अनलिमिटेड प्याकेज’ सञ्चालनमा ल्याएको छ।टेलिकमका अनुसार प्रिपेड तथा पोस्टपेड मोबाइल प्रयोगकर्ताले ५९९ रुपैयाँमा यो प्याकेज खरिद गर्न सक्नेछन्।

प्याकेजअन्तर्गत प्रयोगकर्ताले ३३३ मिनेट अल–नेट भ्वाइस कल गर्न पाउनेछन् भने प्रतिदिन ८ जीबी डेटा उपलब्ध हुनेछ। यो प्याकेज कात्तिक १० गतेदेखि मंसिर ५ गतेसम्म खरिद गर्न सकिने टेलिकमले जनाएको छ। एकपटक खरिद गरिएको प्याकेजको भ्यालिडिटी ३० दिन रहनेछ।

 पोस्टपेड मोबाइल प्रयोगकर्ताले लिएको प्याकेजको शुल्क मासिक रेन्टल चार्जमै समावेश हुने जनाइएको छ। प्याकेज सक्रिय गर्न मोबाइलबाट *1415*9# डायल गर्न सकिनेछ। साथै, नेपाल टेलिकमको मोबाइल एपमार्फत पनि यो प्याकेज खरिद गर्न सकिने व्यवस्था गरिएको छ। टेलिकमले नेपाली खेलकुद क्षेत्रको विकास र प्रवर्द्धनमा निरन्तर सहयोग गर्दै आएको उल्लेख गर्दै एनपीएललाई लक्षित गरी विशेष अफर ल्याइएको जनाएको छ।

प्रकाशित मिति : October 27, 2026 at 12:15 pm

https://www.nabilbank.com/individual
https://www.nimb.com.np/