२३ असार २०८३, मंगलबार | Tue Jul 7 2026

नेपाली सेनाको हेलिकप्टरमार्फत गर्भवतीको उद्दार

२ साउन, डोल्पा । डोल्पाकाे त्रिपूरा सुन्दरी नगरपालिका -९ लिकुकी २४ वर्षीया जयकुमारी बुढाको नेपाली सेनाको हेलीकप्टरबाट उद्धार गरिएको छ । बुधबार साँझ बच्चा उल्टो भएको र आमाको अवस्था जटिल भएपछि बिहिबार बिहान बुढाको उद्धार गरिएको हो । जयाकुमारीलाई महिला तथा बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालयको सहयोगमा नेपाली सेनाको हेलिकप्टरमार्फत उद्धार गरी सुर्खेत अस्पतालमा लगिएको प्रमुख जिल्ला अधिकारी मुकेशकुमार केशरीले जानकारी दिए।

 

जिल्लामा शल्याक्रियासहितको अस्पताल नहुँदा डोल्पाका शल्यक्रिया गरेर सुत्केरी गराउनुपर्ने महिलालाई सहरतिरै लैजानुपर्ने बाध्यता रहेको रहेकाे छ । हालसम्म ७ जना महिलाको हेलिकप्टरबाट उद्धार गरिएको छ । जिल्लामा सुविधा सम्पन्न अस्पताल नहुँदा डोल्पाका महिलाले दु:ख पाउने गरेका छन् ।

प्रकाशित मिति : July 18, 2019 at 2:46 pm