समता अस्पतालका सञ्चालककी श्रीमतीसहित तीनै जनालाई धरौटीमा छोड्न अदालतको आदेश
२ साउन, काठमाडौँ । बौद्धस्थित समता अस्पतालमा कार्यरत २७ वर्षीया बिमला तामाङले अस्पतालमै आत्महत्या गरेपछि पक्राउ परेका तीनै जनालाई जिल्ला अदालत काठमाडौँले जनही ३ लाख रुपैयाँ धरौटीमा छाड्ने फैसला सुनाएको ।
तामाङकाे गत असार ३ गते अस्पतालमै झुन्डिएको अवस्थामा शव भेटिएकाे र उनकाे साथबाट भेटिएकाे सुसाइड नाेटमा अस्पताल सञ्चालक उत्तम सञ्जेलकी श्रीमती कला सञ्जेलसहित अस्पतालकै कर्मचारी तीर्थ कुमारी श्रेष्ठ र संगिता केसीकाे नाम उल्लेख भएकाे पाइएकाे थियाे ।
उनीहरु तीनै जनाविरुद्ध मृतक तामाङका आफ्न्तले कर्तव्य ज्यान मुद्दामा किटानी जाहेरी दिएकापछि पक्राउ परेका उनीहरुलाई जिल्ला अदालत काठमाडौँले जनही ३ लाख रुपैयाँ धरौटी बुझाइ छुट्नसक्ने फैसला सुनाएको थियो।
३ लाख रुपैयाँ धरौटी बुझाउन अदालतले आदेश दिएपनि तीनै जनाले उक्त रकम बुझाउन नसकेपछि उनीहरुलाई केन्द्रीय कारागार, सुन्धारा पठाइएको प्रहरीले जनाएकाे छ ।
याे पनि पढ्नुहाेस्ः
-उत्तम सञ्जेलकी श्रीमतिसहित समता अस्पतालका तीनविरूद्ध कर्तव्य ज्यान मुद्दा
-बिमला तामाङ मृत्यु प्रकरणः समता अस्पतालका सञ्चालक उत्तम सञ्जेलसहित ३ जना प्रहरी हिरासतमा
-काठमाडाैँकाे बौद्धस्थित समता अस्पतालमा युवतीको शव झुण्डिएको अवस्थामा भेटियाे
प्रकाशित मिति : July 18, 2019 at 2:04 pm









