६ जेष्ठ २०८३, बुधबार | Wed May 20 2026

सुत्केरी हुन प्रसुति गृह पुगेकी नुवाकाेटकी कल्पनाकाे मृत्यु, बच्चा लुकाएको भन्दै परिवारद्धारा प्रदर्शन 

२ साउन, काठमाडौँ । सुत्केरी हुन काठमाडाैँकाे थापाथलीस्थित प्रसुति गृह पुगेकी एक जना महिलाकाे मृत्यु भएपछि अस्पताल परिसर तनावग्रस्त बनेको छ । नुवाकोट स्थायि घर भई काठमाडौँको लैनचौर बस्दै आएकी कल्पना तामाङको मृत्यु भएपछि आफन्तहरूको प्रदर्शनका कारण अस्पताल परिसरको स्थिति तनावग्रस्त बनेको हो ।

अस्पतालले आमाको मृत्यु भएको भनेर शव देखाएपनि बच्चा लुकाएको आरोप आफन्तले लगाएका छन् । प्रहरीले अस्पताल परिसरलाई घेराउ गरेर सुरक्षा दिइरहेको छ ।

प्रकाशित मिति : July 18, 2019 at 1:29 pm