मिनी ट्रक र बस ठोक्किँदा १ जनाको मृत्यु, २२ घाइते
२ साउन, मोरङ । मोरङको पथरीमा मिनी ट्रक र बस ठोक्किँदा एक जनाको मृत्यु भएकाे छ भने २२ जना घाइते भएका छन् । बिहीबार बिहान मे १ च ९३९१ को मिनी ट्रकसँग को १ ख ४८४२ नम्बरको बस ठोक्किएको हो । मोरङको रमाइलोबाट झापातर्फ जाँदै गरेको को १ ख ४८४२ नम्बरको बस दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।

दुर्घटनामा घाइते भएकामध्ये १२ जनाको अवस्था गम्भीर रहेको जिल्ला ट्राफिक प्रहरी कार्यालय मोरङका प्रहरी निरीक्षक शिवकुमार पोखरेलले जानकारी दिए । घाइतेमध्ये ७ जना विराटनगरको नोबेल अस्पताल, ५ जना न्यूरो अस्पताल र अन्य १० जनाको स्थानीय अस्पतालमा उपचार भैरहेको छ ।
प्रकाशित मिति : July 18, 2019 at 11:57 am









