६ जेष्ठ २०८३, बुधबार | Wed May 20 2026

वैशाख १ गते मात्रै अनावरण गरिएका ५ वटा बुद्धमुर्ति तोडफोड

२ साउन, बुटवल । वैशाख १ गते मात्रै अनावरण गरिएका ५ वटा बुद्धमुर्ति तोडफोड भएकाे छ । रुपन्देहीको तिलोत्तमा नगरपालिकाको सडकको मध्य भागमा राखिएका बुद्धका मुर्ति तोडफोड भएको छ । सडकको मेडिएनमा राखिएका बुद्धमर्ती मध्ये गएराती अज्ञात समूहले शंकरनगर चोकदेखि नयाँ मिलसम्मका ५ वटा मुर्ति तोडफोड गरेको तिलोत्तमा नगरपालिका मेयर बासुदेव घिमिरेले जानकारी दिए ।

तिलोत्तमा नगरपालिकाको लगानीमा बुटवल बेहलहिया सडक खण्ड अन्तरगत तिलोत्तमा नगरपालिकाको योगिकुटीदेखि मंगलापुरसम्म बुद्धका मुर्ति राखिएको थियो । उक्त मुर्तिहरु कसले र किन तोडफोड गर्यो भन्नेबारे अनुसन्धान सुरु भएको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : July 18, 2019 at 11:31 am