६ जेष्ठ २०८३, बुधबार | Wed May 20 2026

स्याफ्रु–रसुवागढी सडक खण्डको तातोपानी क्षेत्रमा लेदो माटोसहितको पहिरो, सडक अबरूद्ध

२ साउन, रसुवा । स्याफ्रु–रसुवागढी सडक खण्डको तातोपानी क्षेत्रमा लेदो माटोसहितको पहिरो झरेको छ । वर्षाका कारण आएको लेदो पहिरोले रसुवागढी नाका जोड्ने सडक अवरुद्ध भएको छ । सडक खुलाउनका निम्ति पहिरो पन्छाउने काम सुरु भैसकेको रसुवाका प्रमुख जिल्ला अधिकारी अर्जुन भण्डारीले जानकारी दिएका छन । रसुवागढी अासपासमा बिहीबार बिहानैदेखि वर्षा भैरहेको छ । पहिरोले सडक अरूद्ध भएपछि सवारी अावागमन पनि बन्द भएको छ ।

प्रकाशित मिति : July 18, 2019 at 10:27 am