६ जेष्ठ २०८३, बुधबार | Wed May 20 2026

सशस्त्र प्रहरीका सहायक हवल्दार लागुऔषधसहित पक्राउ

१ साउन, मोरङ । सशस्त्र प्रहरीका सहायक हवल्दार लागुऔषधसहित पक्राउ परेका छन् । भारतको जोगवनीबाट लागुऔषध लिएर आउँदै गर्दा विराटनगर महानगरपालिका–१६ हुलासमेटल चोकबाट सशस्त्र प्रहरीका सहायक हवल्दार सुनसरीको धरान उपमहानगरपालिका–२ घर भएका ३१ वर्षीय पूर्णबहादुर थापामगर पक्राउ परेको मोरङका प्रहरीले जानकारी दिएकाे छ ।

पूर्णबहादुरको साथबाट सशस्त्र प्रहरीमा कार्यरत परिचयपत्र र नेपाली नागरिकताको प्रमाणपत्र फेला परेको छ । साइकलमा झुण्ड्याएर ल्याइएको झोला जाँच गर्दा चिनी र चनामा लुकाइएको लागुऔषध फेला परेको थियो । प्रहरीका अनुसार उनले बोकेको झोलाबाट लुपिजेसिक ९९ एम्पुल, एभिल ८६ एम्पुल, डाईजेल्याब सय एम्पुल, फेनारगन २४ एम्पुल गरेर जम्मा ३ सय ९ एम्पुल लागुऔषध बरामद भएको छ । पक्राउ परेका थापामगरलाई आवश्यक अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय रानीमा राखिएको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : July 17, 2019 at 12:02 pm