शसस्त्र प्रहरीले डुबान क्षेत्रमा बनायो बेलिब्रिज, आवागमन सुचारु भएपछि स्थानीयलाई राहत
३१ असार, सिरहा । बर्षाले पुल बगाएपछि अप्ठ्याारोमा परेका स्थानियलाई शसस्त्र प्रहरीले बेलिब्रिज बनाइदिएपछि आवागमन सहज भएको छ । सिरहा जिल्लाको सुखिपुर र बरियारपट्टी जोड्ने पक्की पुलको किनारा भीषण वर्षाले बगाएपछि ५ दिनदेखि आवागमन ठप्प हुँदा स्थानीयलाई स्वास्थ्य, खाद्यान्न, यातायात, विद्यालय आवतजावत लगायतका विविध किसिमको समस्या झेलिरहेका थिए ।

पुलको बरियारपट्टी तर्फको कटान हुँदा ५ दिनदेखि आवागमन ठप्प थियो । मान्छे नै तर्न नसक्ने र सार्वजनिक साधन पनि वारिपारि गर्न नसक्ने अवस्था र राजमार्गसम्म बिरामी ल्याउन बैकल्पिक बाटो समेत थिएन । यस्तो अवस्थामा शसस्त्र प्रहरीले बेलिब्रिज बनाएपश्चात जनजीवन सहज भएको स्थानीयले बताएका छन् ।
सशस्त्र प्रहरी बलको सुरक्षा बेसले आफ्नो बेसको लगानीमा सिमित श्रोत साधन प्रयोग गरि अस्थाई फलामे पुल निर्माण गरेको हो ।
प्रकाशित मिति : July 16, 2019 at 7:50 pm









