६ जेष्ठ २०८३, बुधबार | Wed May 20 2026

विदेशबाट ब्रान्डेड सामान ल्याइदिने भन्दै फेसबुक र भाइबरमार्फत ८० लाख ठगी गर्ने ३ जना पक्राउ

असार ३१, काठमाडाैँ । विदेशबाट ब्रान्डेड सामान ल्याइदिने भन्दै फेसबुक, भाइवर, इमो, ह्वाट्स एपलगायतका सामाजिक सञ्जालमार्फत ठगी गर्ने गिरोहलाई प्रहरीले पक्राउ गरेको छ । सामाजिक सञ्जालमा तारा ग्याजेट नामक पेज बनाएर सस्तो मूल्यमा विदेशी महंगा ब्रान्डका ल्यापटप, मोबाइल घडी क्यामेरालगायतका सामग्री ल्याइदिने भन्दै एक महिनाभित्र ८० लाख रुपैयाँ ठगी गर्ने ३ जनालाई महानगरीय प्रहरी अपराध महाशाखाको टोलीले काठमाण्डौको खुसीबुबाट पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा तारा ग्याजेट पेजका सञ्चालक भारतका आकिव जावेद, महोत्तरीको सोनमा गाउँपालिकाका एमडी सगिर शेख र महोत्तरीको गौशलाका यमदादुल मोमिनलाई प्रहरीले पक्राउ गरेको हो । पहिल्लो समय सामाजिक सञ्जालबाट ठग्ने क्रम बढिरहेको भन्दै प्रहरीले सचेत हुन पनि आग्रह गरेको छ ।

प्रकाशित मिति : July 16, 2019 at 6:52 pm