६ जेष्ठ २०८३, बुधबार | Wed May 20 2026

कतारबाट युवतीलाई अश्लिल सन्देश लेख्ने सुरेश गुरुङ काठमाडाैँ झरेको तीन दिनमै पुगे प्रहरी खोरमा

३० असार, काठमाडाैँ । गोरखाका २४ वर्षीय सुरेश गुरुङलाई थाहा थिएन उनी काठमाडाैँ झर्नेवित्तिकै प्रहरीको हत्कडीमा बाँधिन्छु भन्ने । तर उनको व्यवहारले गर्दा हत्कडीमा कसिने परिस्थितिबारे उनी पनि जानकार नभएको होइन । कतारमा रहेको समयमा एक गुरूङ थरकै महिलालाइ अश्लिष सन्देशहरू पठाएर दिक्क बनाएका थिए । उनको परिवारले सम्झाउन खोज्दा समेत सुरेशले इमेल मार्फत धम्काउने काम गरेका थिए । परिवारको उजुरी पछि प्रहरीले गुरूङको नाममा डिफ्युजन जारी गरेको थियो ।

पक्राउ परेका गुरूङ तीनै व्यक्ति हुन जसलाइ विद्युतीय कारोवार ऐन अन्तर्गतको कसुरमा इन्टरपोल महासचिवालयबाट डिफ्युजन जारी गरिएको थियो । उनी कतारबाट असार २६ गते नेपाल प्रवेश गरेको सूचना प्रहरीलाई पुगेको थियो। त्यसकै आधारमा अनुसन्धानमा खटिएको प्रहरीले खोजी गर्ने क्रममा गोंगबुको मित्रनगरबाट उनलाई पक्राउ गरेको हो ।  सुरेशविरुद्ध विद्युतीय कारोबार ऐन अन्तर्गतको कसुरमा पीडितले वैशाख ८ गते महानगरीय अपराध महाशाखा टेकुमा जाहेरी दिएका थिए।

प्रकाशित मिति : July 15, 2019 at 9:20 pm