रसुवागढी नाका जोड्ने मैलुङ–स्याफ्रु सडक वर्षा अवधिभर सञ्चालन नहुने
३० असार, रसुवा । रसुवागढी नाका जोड्ने मैलुङ–स्याफ्रु सडक वर्षा अवधिभर सञ्चालनमा नहुने भएको छ । वर्षाको कारण धेरै स्थानमा पहिरो गएर सडक अवरुद्ध भएकाे र अझै पहिरो जाने तथा ढु्ङ्गा खस्ने भएका कारण सडक सञ्चालन नगरिने भएको हो ।

पहिरोकाे जोखिम कम भएपछि मात्रै सडक सञ्चालन गर्ने गल्छी–त्रिशूली–मैलुङ–स्याफ्रुबेसी–रसुवागढी सडक योजनाले जनाएको छ । यो सडक बेत्रावती कालिकास्थान धुन्चेहुँदै स्याफ्रु जोड्ने सडक भन्दा २५ किलोमिटर छोटो छ । बेत्रावती कालिकास्थान धुन्चे हुँदै स्याफ्रु पुग्न ५४ किलोमिटर रहेको छ । बेत्रावती मैलुङ स्याफ्रुबेसीको दूरी २९ किलोमिटर मात्रै छ ।
प्रकाशित मिति : July 15, 2019 at 5:35 pm









