६ जेष्ठ २०८३, बुधबार | Wed May 20 2026

पूर्व, मध्य र पश्चिम क्षेत्रमा भारी वर्षाको सम्भावना, आगामी २४ घण्टासम्म सचेत रहन अनुरोध

३० असार, काठमाडाैँ । देशको पूर्व, मध्य र पश्चिम क्षेत्रमा भारी वर्षा हुने सम्भावना  रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाले भारी वर्षाका कारण पहिरो र बाढीको सम्भावना रहेकाले आगामी २४ घण्टासम्म उच्च तसर्कता अपनाउन पनि अनुरोध गरेको छ । वर्षाका कारण देशको पहाडी भूभागमा पहिरो र तराईमा बहने नदीमा जलको बहाब बढेर बाढी अाउने महाशाखाको अनुमान छ ।

महाशाखाले हवाई तथा सडक यातायातमा समेत वर्षा र कम भिजिविलिटीका कारण साममन्य अवरोध आउन सक्ने चेतावनी दिएको छ । मनसुन न्यून चापीय रेखा नेपालको तराई भू–भागमा रहेकाले मनसुनि गतिविधि देशभर सक्रिय बनेको मौसमविद् राजु प्रधानाङ्गले  बताएका छन । अहिले पनि पूर्वी, मध्य तथा पश्चिमी क्षेत्रका केही स्थानमा वर्षा भैरहेको छ ।

महाशाखाले आउँदो तीनदिनसम्म मौसम बदली भई देशका विभिन्न ठाउँमा पानी परिरहने पूर्वानुमान गरेको छ । सोमबार दिनभर मौसम बदली भई केही स्थानमा पानी पर्ने देखिएको भए पनि राति भने देशभर अधिकांस स्थानमा पानी पर्ने सम्भावना रहेको महाशाखाले जनाएको छ ।

प्रकाशित मिति : July 15, 2019 at 8:47 am