राससका सिलवालसहित १० पत्रकार ‘बाल संवेदनशील राष्ट्रिय पत्रकारिता पुरस्कार’बाट पुरस्कृत
२९ असार, काठमाडाैँ । राससका प्रकाश सिलवालसहित विभिन्न सञ्चारमाध्यमका १० पत्रकारलाई यस वर्षको ‘बाल संवेदनशील राष्ट्रिय पत्रकारिता पुरस्कार’ प्रदान गरिएको छ । छापातर्फ पुरस्कृत हुनेमा काठमाडौँ उपत्यकाबाट सिलवाल र नागरिक दैनिकका हिमाल लम्साल र खगेन्द्र अधिकारी (उपत्यका बाहिर, ताप्लेजुङ) हुनुहुन्छ ।

रेडियोतर्फ उपत्यकामा रामकुमारी खड्का (रेडियो उज्यालो एफएम) र उपत्यका बाहिरबाट रुमा रिजाल (रेडियो सप्तकोशी एफएम), टेलिभिजनतर्फ धनवीर दाहाल, रुकुम (नेपाल टेलिभिजन) र कोपिला पोखरेल बुद्ध आवाज टेलिभिजन, (कपिलवस्तु), जनता टेलिभिजनबाट धनमाया भुसाल नवलपरासी (संयुक्त–उपत्यका बाहिर) र कार्यक्रम प्रस्तोतातर्फ सामुदायिक रेडियो प्रसारक सङ्घ (सिआइएन) र कान्तिपुर एफएमका शर्मिला खनाल हुनुहुन्छ ।

पुरस्कार छनोटका लागि गत वैशाख २६ गतेदेखि जेठ १५ गतेसम्म प्राप्त भएका २८ आवेदनको अध्ययन तथा छानबिन गरी निर्णय गरिएको समितिका कार्यकारी निर्देशक कृष्णप्रसाद भुसालले जानकारी दिनुभयो । समितिले आवेदनमा सामग्रीको प्रस्तुती र भाषा, विषयवस्तुको छनोट तथा गहनता, विषयको सान्दर्भिकता, खोज तथा अनुसन्धान पत्रकारिता प्रयोग एवं व्यक्तिगत विवरण र अनुभवलाई आधार बनाएको थियो । पुरस्कारको राशि प्रत्येक विधा र क्षेत्रका लागि रु २५ हजार छ ।


प्रकाशित मिति : July 14, 2019 at 8:54 pm









