५ आश्विन २०८१, शनिबार | Sat Sep 21 2024

केपी ओलीका पूर्व स्वकीय सचिव अाचार्य घनश्याम भुसाल क्याम्पमा

१ वैशाख, काठमाडौँ । तत्कालीन अवस्थामा केपी शर्मा ओलीको सचिवालयमा कर्यरत रहँदा महेश बस्नेतको निगाहमा युवा संघको सचिवालय सदस्य भएका आचार्यले संस्थापन समूह छाडेका छन ।

रमेश अाचार्य

ओलीले अनैतिक गतिबिधिमा संलग्न भएको आरोपमा सचिवालयबाट हटाएपछि आचार्यले क्याम्प परिवर्तन गरेका हुन । युवा संघका एक जना उपाध्यक्षका अनुसार उनी अहिले पार्टी उपमहासचिव घनश्याम भुसाल र योगेश भट्टराईले सञ्चालन गरिरहेको संघको क्याम्पमा सक्रिय भएका छन ।

उनी पछिल्लो समय संस्थापन छाडेर भुसाल–भट्टराई क्यम्पमा सक्रिय भएका सचिव माधव बास्तोलसँगै संघको गतिबिधिमा सक्रिय रहेका छन । आचार्यले अब संघमा ओलीको आशिर्वाद र पूर्व अध्यक्ष महेश बस्नेतको साथ पाउने छैनन्, युवा संघका ती उपाध्यक्षले दैनिकीसँग भने । नेकपा माओवादी केन्द्रसँग पार्टी एकीरणको तयारीमा मातृ पार्टी जुटेपछि यही वैशाखको २ गते हुने संघको सचिवालय बैठक र ३ र ४ गते हुने केन्द्रीय कमिटिको बैठकबाट पुनर्गठित कमिटीमा सचिव हुने आशमा अाचार्य देशव्यापी दौडाहामा रहेका छन । अाचार्य केही दिनअघिमात्र संघको प्रदेश नम्बर २ को कमिटीको बैठकमा बास्तोला र आचार्यसँगै सहभागी भएका थिए ।

जनकपुरमा भएको संघको बैठकमा सहभागी अाचार्य र बास्तोला ।

ओलीले कारबाही गरे पनि फेरि प्रधानमन्त्री भएपछि सचिवालयमा जान नेताहरु मार्फत लबिङ गरेका आचार्य असफल भएपछि अहिले महेश बस्नेतको खरो बिरोधमा उत्रिएका छन । अनेरास्ववियुबाट राजनीतिमा क्रियाशिल आचार्यले कोषध्यक्षमा दीपक गौतमसँग पराजित भएपछि संगठन विहीन बन्न पुगेका थिए । सोही समयमा पार्टीका तत्कालीन वरिष्ठ नेता केपी ओलीको सचिवालयमा काम गर्ने अवसर पाएका थिए ।

अोलीले अाचार्यलार्इ कारबाही गरेपछि एमालेकै नेताहरूले सञ्चालन गरेको नेपालपाटी अनलाइनमा प्रकाशित समाचार ।

ओलीकै छत्रछाँयामा रहेका आचार्यलाई महेश बस्नेत युवा संघको अध्यक्ष भएपछि संघको कुनै पनि तल्लो कमिटीमा काम नगरेको अवस्थामा पनि सचिवालयको सदस्यको जिम्मेवारी दिइएको थियो । अाचार्य दिलु पन्तले नेतृत्व गर्दै आएको समूहमा अध्यक्ष पहारी र सचिव बास्तोलासँगै समाहित भएका छन ।

यो पनि पढ्नुहोस् 

–युवा संघमा नयाँ समीकरण, पहारीलाई दिलुको साथ, आचार्यले पाएनन् ओलीको अार्शिवाद

प्रकाशित मिति : १ बैशाख २०७५, शनिबार १९:४२