६ जेष्ठ २०८३, बुधबार | Wed May 20 2026

अर्कै केटीकाेमा रात बिताउन पुगेका श्रीमानकाे श्रीमतीले लखेट्दा झ्यालबाट लडेर मृत्यु

२९ असार, गुल्मी । गुल्मीको मुसिकोटमा अर्कै केटीकाेमा रात बिताउन पुगेका श्रीमानकाे श्रीमतीले लखेट्दा झ्यालबाट लडेर मृत्यु भएकाे छ । श्रीमान अन्तै बास बस्न गएपछि संका लागेर हेर्न जाँदा श्रमानलाइ भेट्टाइन् । श्रमतीले  अर्कै केटीसंग रहेका श्रमानलाइ बाहिरबाट चुकुल लगाइदिए पछि श्रीमान झ्यालबाट भाग्ने क्रममा लडेर घाइते भएका उनकाे लुम्बिनी मेडिकल कलेज वामीमा उपचार हुन नसकी थप उपचारका लागि सदरमुकाम तम्घास ल्याउने क्रममा बीच बाटोमै मृत्यु भएकाे जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी निरीक्षक रविन्द्र खड्काकाले बताए  ।

जिल्लाको मालिका गाउँपालिका १, नेटा घर भई मुसिकोट नगरपालिका ७ वामीटक्सारमा डेरा गरि बस्ने ३३ वर्षीय हिमाल घर्तीको सोही डेरा नजिकैको एक घरको झ्यालबाट हाम्फालेर ज्यान गएको हो । अहिले पोष्मार्टम गरि परिवारलाई शव बुझाउने प्रकृया चलिरहेको प्रहरी निरीक्षक खड्काले बताए ।

प्रकाशित मिति : July 14, 2019 at 3:00 pm