धुनाषाको औरही खोलामा निर्माणाधीन पुल बाढीले भत्कायो
२८ असार, महोत्तरी । लगातारको वर्षाका कारण अाएको बाढीले आउँदा धनुषामा निर्माणाधीन पुल भत्किएको छ । क्षिरेश्वरनाथ नगरपालिकास्थित महेन्द्रनगर र शान्तिपुर जोड्ने औरही खोलाको निर्माणाधीन पुल बाढीले भत्काएको हो । रोशन कन्ट्रक्सनले विगत ६ वर्षदेखि निर्माण गर्दै आएको सो पुल निर्माणाधीन अवस्थामै भत्किएको हो ।

अविरल वर्षासँगै आएको बाढीले गएराती निर्माणाधीन पुल भत्केको स्थानीय प्रशासनले जनाएको छ । स्थानीयबासी भने गुणस्तरहीन सामग्रीको प्रयोग गरेकाले पुल भत्केको बताउँछन । पुलको झण्डै ६ वर्ष अघि वर्तमान भौतिक पूर्वाधार तथा यातायात मन्त्री रघुवीर महासेठले शिलान्यास गर्नुभएको थियो । पुल भत्किएपछि त्यस क्षेत्रको बाटो अवरुद्धसमेत भएको छ ।
प्रकाशित मिति : July 13, 2019 at 2:19 pm









