६ जेष्ठ २०८३, बुधबार | Wed May 20 2026

जन्मिएको केहीबेरमा अस्पतालबाटै चोरिएको शिशु र चोर्ने महिला स्याङ्जामा भेटिए

२८ असार, पाल्पा । जन्मिएको केहीबेरमा नवजात शिशु चोरेर हिड्ने एक महिलालाइ प्रहरीले नियन्त्रणमा लिएको छ । उनलाइ स्वाङ्जाको कालीगण्डकी गाउँपालिकाबाट नियन्त्रणमा लिइएको हो । स्याङ्जाको गल्याङ नगरपालिका वडा नम्बर–५, मोहनडाँडाकी विमला पाण्डेलाई प्रहरीले पक्राउ गरेको हो । पाण्डे र शिशुलाई कालीगण्डकी गाउँपालिका वडा नम्बर–७, मा रहेको नेपाल विद्युत प्राधिकरणको सरकारी आवासबाट नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।

पाण्डेले शुक्रबार दिउँसो ३ बजे तानसेन–९, मदनपोखराकी जमुना रानाको बच्चा चोरेर भागेकी थिइन् । नियन्त्रणपछि नवजात शिशु र चोरी गर्ने पाण्डे दुवैलाई पाल्पातर्फ ल्याउँदै गरिएको प्रहरीले जनाएको छ ।उनले किन शिशि चोरेर भागिन भन्ने विषयमा अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : July 13, 2019 at 12:23 pm