६ जेष्ठ २०८३, बुधबार | Wed May 20 2026

रौतहटको गाैर पुरै जलमग्न, पूर्व प्रधानमन्त्री माधवकुमार नेपालको घर पनि डुब्यो (फोटोफिचर)

२८ असार, पर्सा । लगातारको वर्षापछि बाग्मती र लालबकैया नदीमा आएको बाढीले रौतहट सदरमुकाम गौर जलमग्न बनेको छ । सदरमुकाका सबै घरमा पानी पसेपछि स्थानीयहरु उद्धारको पर्खाइमा रहेका छन् । कतिपय स्थानमा सुरक्षार्की नै उद्धारको पर्खारमा रहेका छन । रौतहटमा सदरमुकाम गौर सहित १८ वटै स्थानीय तह जलमग्न भएका छन् ।

लालबकैया र बाग्मती खोलाले ठाउँठाउँमा तटबन्ध भत्काएको छ । गौरमा पूर्व प्रधानमन्त्री माधवकुमार नेपालको घरसहित सरकारी कार्यालय, कारागार डुबेका छन् । अन्नबाली र पशुचौपाया जोगाउन नसकेका नागरिक आफ्नै ज्यान कसरी जोगाउने भन्ने चिन्तामा छन् ।

सीमावर्ती क्षेत्रमा भारतले लालबकैया र बाग्मतीसँगै जोडिएको ६ किलोमिटर तटबन्ध निर्माण गरेका कारण पानीको बहाव रोकिएको हो । १० फिट पानी जमेको छ । सडक सञ्जाल टुटेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।

प्रकाशित मिति : July 13, 2019 at 10:47 am