बाढी र पहिरो प्रभावित क्षेत्रमा उद्धारकाे लागि नेपाली सेना परिचालन
२७ असार, काठमाडौँ । देशभर भइरहेको अविरल वर्षाका कारण विभिन्न स्थानमा आएका बाढी र पहिरो प्रभावित क्षेत्रमा नेपाली सेना आवश्यक सामग्रीसहित परिचालित भएको छ ।
सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयका अनुसार बाढीपहिरो गएका क्षेत्रमा सम्बन्धित पृतना, बाहिनी, गण र गुल्मबाट आवश्यक उद्धार सामग्रीसहित सैनिक टोली खटिएको छ ।
प्रकाशित मिति : २७ असार २०७६, शुक्रबार २३:५९