६ जेष्ठ २०८३, बुधबार | Wed May 20 2026

विपद्को साथी बन्यो सशस्त्रः काठमाडाैँ उपत्यकामा बाढी पीडितको यसरी भयो उद्धार (फोटोफिचर)

२७ असार, काठमाडाैँ । दुई दिनदेखिको अविरल वर्षाका कारण काठमाडाैँ उपत्याका लागाय देशका विभिन्न स्थानको अवस्था अस्तव्यस्त बनेको छ । काठमाडौंको बलम्वु, त्रिवेणी र बल्खु खोलाको पानी बस्तीमा पसेर डुवान भएपछि सशस्त्र प्रहरीले उद्धार गरेको हो । यस्तै मुलपानीमा पहिरोले घर पुरिएको ठाउँमा पनि सशस्त्र प्रहरीको टोलीले उद्धार गरेको हो । काठमाण्डौको कागेश्वरी मनहरा ६ मा पर्खाल भत्किएर ३ जना पुरिएकोमा नं. २२ गणबाट सप्रनिको कमाण्डको खटिएको टोलीले तिनै जनाको मृत अवस्थामा शव उद्धार गरेको हो ।

यस्तै साँझ ७ बजेसम्म काठमाण्डौको ढुंगेअड्डामा सशस्त्र प्रहरीको २० नम्बर गणबाट सशस्त्र प्रहरी निरीक्षक पुरुषोतम भण्डारीको कमाण्डमा खटिएको डिएम टोलीले १६० जना, २१ नम्बर गणबाट सशस्त्र प्रहरी निरीक्षक अमृत थापाको कमाण्डको टोलीले ललितपुरको नख्खु खोला ईलाकाबाट ८ जना र  १८ नम्बर गणबाट सशस्त्र प्रहरी निरीक्षक बालकृष्ण महर्जनको टोलीले कलंकीको मालपोत कार्यालय ईलाकाबाट २४ जनालाई उद्धार गरी सुरक्षित स्थानमा सारेको छ । उद्धारका लागि सशस्त्रसँगै नेपाली सेना र नेपाल प्रहरी पनि तैनाथ रहेका थिए ।

प्रकाशित मिति : July 12, 2019 at 10:38 pm