अविरल वर्षाले ढल्यो सिंहदरबारको पर्खाल, आवतजावत अवरुद्ध
२७ असार, काठमाडौँ । अविरल वर्षाले सिंहदरबारको पूर्वी गेट नजिकको पर्खाल ढलेको छ । पर्खाल भत्किँदा अनामनगर क्षेत्रको सडक अवरुद्ध भएको महानगरीय प्रहरी वृत्त सिंहदरबारले जनाएको छ ।
बाटो खुलाउने कार्य भइरहेको सिंहदरबार प्रहरीले जनाएको छ । भूकम्पका बेला कमजोर भएको पर्खाल अविरल वर्षाले भत्किएको जनाइएको छ ।
प्रकाशित मिति : २७ असार २०७६, शुक्रबार १२:२०