६ जेष्ठ २०८३, बुधबार | Wed May 20 2026

हिरासतको ग्रिल काटी फरार रहेका अभियुक्त पक्राउ

२६ असार, काठमाडौँ । हिरासत कक्षको ग्रिल काटी फरार अभियुक्तहरु रामेछाप, रामेछाप नगरपालिका-५ बस्ने २५ वर्षीय बिकाश उर्फ रुपेश भन्ने रुद्रलाल श्रेष्ठ र सोही ठाउँ बस्ने २५ वर्षीय शम्शेर माझीलाई काठमाडौं बौद्ध जम्बुडाँडाबाट बुधबार साँझ महानगरीय अपराध महाशाखा टेकुबाट खटिएको प्रहरीले पक्राउ गरेको छ ।

महानगरीय प्रहरी प्रभाग बुङमती, भैसेपाटी ललितपुरको हिरासत कक्षको शौचालयको झ्यालमा रहेको फलामको ग्रिल काटी सोमबार रातिको समयमा श्रेष्ठ र माझी फरार भए पश्चात् प्रहरीले खोजी गर्ने क्रममा उनीहरु पक्राउ परेका हुन् ।ललितपुर गोदावरी नगरपालिका-९ छम्पीस्थित केशब थापाको घरबाट गत वैशाख १५ गते साँझको समयमा बिभिन्नधनमाल चोरी कार्यमा संलग्न रहेको र ललितपुर महानगरपालिका-१९ लगनखेलस्थित बसपार्कको स्पिड सर्भिस प्रालिबाट चाबी फोडी वैशाख २८ गते राती कार्यालयमा रहेको बिभिन्न धनमाल चोरी गरेको घटनामा संलग्न रहेको अभियोगमा श्रेष्ठ र माझीलाई पक्राउ गरी चोरी, डाँका तथा लागूऔषध मुद्धामा आवश्यक अनुसन्धानको क्रममा उनीहरु हिरासतमा थिए । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

प्रकाशित मिति : 16:01