६ जेष्ठ २०८३, बुधबार | Wed May 20 2026

५ हजार घुस लिने विद्युत् प्राधिकरण, लगनखेलका फोरमेन अविलाल विष्ट पक्राउ

२६ असार, काठमाडाैँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाल विद्युत् प्राधिकरण, लगनखेल वितरण केन्द्र ललितपुरका फोरमेन अविलाल विष्टलाई रु पाँच हजार घुससहित पक्राउ गरेको छ । विष्टले एक सेवाग्राहीको घरमा नयाँ मिटर जडान गर्ने क्रममा विभिन्न बहाना देखाउँदै घुस मागेको अभियोग लागेको छ ।

आयोगको केन्द्रीय कार्यालय टङ्गालबाट गएको टोलीले लगनखेलस्थित युएण्डबी फाष्टफुडबाट पक्राउ गरिएको थियोे । आरोपी विष्टको थप अनुसनधान भइरहेको आयोगका प्रवक्ता प्रदीपकुमार कोइरालाले जानकारी दिनुभयो ।

प्रकाशित मिति : 15:45