राष्ट्रको रक्षा र सीमानाको सुरक्षामा सशस्त्र प्रहरी प्रतिबद्ध छः महानिरीक्षक खनाल
२५ असार, काठमाडाैँ । सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनालले सशस्त्र प्रहरी बल, नेपाल यु.एन. शान्ति स्थापना तालिम शिक्षालय ककनी नुवाकोट परिसरभित्र पुनर्निर्मित विभिन्न भवनहरुको असार २५ गते एक समारोहका वीच शिला अनावरण गरी उद्घाटन गर्नुभयो । त्यसअवसरमा उहाँले पुनर्निर्मित भवनहरुको अवलोकन समेत गर्नुभयो । सशस्त्र प्रहरी महानिरीक्षक खनालले त्यसैअवसरमा उक्त भवनहरुको निर्माण कार्यमा योगदान पु¥याउने महानुभावहरुलाई प्रशंसापत्र समेत प्रदान गर्नुभयो ।

सशस्त्र प्रहरी महानिरीक्षक खनालले त्यसअवसरमा राष्ट्रको रक्षा तथा सीमानाको सुरक्षा, राष्ट्रियताको जगेर्ना एवं सेवा, सुरक्षा, सहयोग र आपतविपद्मा उद्धारका लागि सशस्त्र प्रहरी बल, नेपाल प्रतिवद्ध रहेको चर्चा गर्नुहुँदै संगठनले राष्ट्रका लागि पु¥याएको योगदानले नागरिक माझ लोकपृय हुन सफल रहेको उल्लेख गर्नुभयो ।
उहाँले सशस्त्र प्रहरी बल, नेपालले संयुक्त राष्ट्र संघीय शान्ति मिसन मार्फत अन्तर्राष्ट्रियस्तरमा समेत देशको छवि उच्च राख्ने कार्यमा योगदान पु¥याएको बताउनुहुँदै उक्त यु.एन. शान्ति स्थापना तालिम शिक्षालयले तालिमको माध्यमबाट दक्ष एवं व्यावसायीक जनशक्ति उत्पादनमा पु¥याएको योगदानको सराहना समेत गर्नुभयो ।

भुकम्पका कारण भौतिक संरचनामा क्षति पुगेर प्रशिक्षण कार्यमा बाधा पुगेकोमा राष्ट्रिय पुनर्निर्माण प्राधिकरणको विनियोजित बजेटबाट पुनः निर्माण गरिएका भौतिक संरचनाले उक्त शिक्षालयको कार्य संचालनमा थप उर्जा मिल्ने चर्चा गर्नुहुँदै सशस्त्र प्रहरी महानिरीक्षक खनालले आगामी दिनमा दक्ष जनशक्ति उत्पादनमा अझै सहजता आउने विश्वास व्यक्त गर्नुभयो ।
उहाँले ‘सुखी नेपाली समृद्ध नेपाल’ को अभियान तथा ‘विकास सुरक्षा र सुशासन’ का लागि संगठनले आफ्नो तर्फबाट पूर्ण रुपमा योगदान पु¥याउने उल्लेख गर्नुहुँदै सुरक्षाकर्मीले हरेक विहानीसँगै नविन चुनौतीको सामना गर्न तयार रहँदै संगठनको निर्दिष्ट लक्ष्य प्राप्तीका लागि हरदम कृयाशिल रहनुपर्ने बताउनुभयो ।
भ्रष्टाचार, मानवअधिकार उलंघन एवं लैंगिक हिंसाका घटनामा संगठनले सून्य सहनशीलताको नीति अवलम्बन गरेको स्मरण गर्नुहुँदै सशस्त्र प्रहरी महानिरीक्षक खनालले सुरक्षाकर्मी बढिभन्दा बढि व्यावसायीक बन्न सकेमा नागरिकको सद्भाव एवं विश्वासको वातावरणमा अभिबृद्धि हुनेहुँदा सधै पेशागत ईमान्दारिताका साथ व्यावसायीक जिम्मेवारी निर्वाहमा क्रियाशिल रहनुपर्ने बताउनुभयो । उहाँले विगतमा देशका ५८ जिल्लामा मात्रै उपस्थिती रहेको सशस्त्र प्रहरी बल, नेपालको तैनाथी हाल देशका सवै जिल्लामा रहेको उल्लेख गर्नुहुँदै संगठनले छिटो छरिटो एवं प्रभावकारी सशस्त्र प्रहरी सेवा प्रदान गर्न प्रतिवद्ध रहेको चर्चा गर्नुभयो ।

कार्यक्रममा राष्ट्रिय सशस्त्र प्रहरी बल प्रशिक्षण प्रतिष्ठानका कार्यकारी निर्देशक सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक रामशरण पौडेलले धन्यवाद ज्ञापनको क्रममा सशस्त्र प्रहरी कर्मचारीहरुको क्षमता अभिबृद्धिका लागि विभिन्न प्रशिक्षण केन्द्रहरुद्वारा व्यावसायिक तालिमहरु संचालन गरिदै आईरहेको चर्चा गर्नुहुँदै सो शिक्षालयले द्वण्द्वग्रस्त मुलुकमा शान्ति स्थापनार्थ खटिँदा मिसन ईलाकामा सम्पादन गर्नुपर्ने विविध प्रकृतीका जिम्मेवारी सम्बन्धमा प्रशिक्षण दिँदै आईरहेको बताउनुभयो ।

उहाँले सो शिक्षालयमा निर्मित भौतीक संरचनाहरुले आगामी दिनहरुमा संचालन हुने विभिन्न तालिमहरुलाई अझै प्रभावकारी तुल्याउन मद्दत पुग्ने विश्वास व्यक्त गर्नुभयो । कार्यक्रममा सो शिक्षालयका समादेशक सशस्त्र प्रहरी बरिष्ठ उपरिक्षक गणेश ठाडामगरले स्वागत मन्तव्य तथा निर्माण सम्बन्धि प्रतिवेदन प्रस्तुत गर्नुहुँदै प्रशिक्षार्थी भवन, सिनियर अधिकृत भवन, जुनियर अधिकृत भवन, विल्लादार जवान भवन, समादेशक निवास लगायत विभिन्न निर्माण कार्य सम्पन्न भएको बताउनुभयो । कार्यक्रममा सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षकद्वय नारायणबावु थापा र रामशरण पौडेल लगायत सशस्त्र प्रहरी बल, नेपालका बरिष्ठ अधिकृतहरु तथा विभिन्न कार्यालयका प्रमुखहरु, स्थानीय समाजसेवी एवं अन्य महानुभावहरुको समेत उपस्थिती रहेको थियो । सशस्त्र प्रहरीको प्रेस शाखाले तयार पारेको समाचार ।

प्रकाशित मिति : 22:50









