कर्णालीमा वेपत्ता गाउँपालिका उपाध्यक्षको शव भेटियो, अन्य १० को अवस्था अझै अज्ञात
२५ असार, हुम्ला । कर्णाली नदीमा बेपत्ता भएकी गाउँपालिकाकी उपाध्यक्ष सिन्धु शाही हमालको शव बुधबार फेला परेको छ । हुम्लाको खार्पुनाथ गाउँपालिकाको बेडू बिसौनीमा भएको जीप दुर्घटनामा परेर वेपत्ता भएकी शाहीको शव बुधबार भेटिएको हो । जिल्ला प्रहरी कार्यालयका प्रमुख रामप्रसाद घर्ती मगरका अनुसार सर्केघाड गाउँपालिका–४ साँयाको नागरास्थित कर्णाली नदीको किनारमा बुधबार फेला परेको शव गाउँपालिकाका उपाध्यक्ष शाहीकै भएको पुष्टि भएको बताए ।

शव फेला परेको खबर पाउनेबित्तिकै हेलिकप्टरबाट सम्बन्धितस्थलमा पुगेका प्रहरी टोलीसहित उहाँका श्रीमान् धीरेन्द्र शाही र खार्पुनाथ गाउँपालिकाका अध्यक्ष कर्ण रावललगायतका आफन्तले पहिचान गरेपछि शव उपाध्यक्षकै भएको पुष्टि भएको हो । यही असार ३ गते सिमकोटदेखि याङ्चुकुनातर्फ जाँदै गरेको जीप दुर्घटना हुँदा उपाध्यक्षसहित ११ जना बेपत्ता भएका थिए ।
प्रकाशित मिति : 20:18









