६ जेष्ठ २०८३, बुधबार | Wed May 20 2026

१० वर्षीया बालिकालाई बलात्कार गर्ने ५५ वर्षीय रामबृक्ष साफी पक्राउ

२५ असार, सिराहा । कल्याणपुर बस्ने १० वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा कल्याणपुर नगरपालिका-३ कमला खोला बस्ने ५५ वर्षीय रामबृक्ष साफीलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

घटनाको खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय कल्याणपुरबाट खटिएको प्रहरीले रामबृक्षलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

प्रकाशित मिति : 15:05