२७ जेष्ठ २०८३, बुधबार | Wed Jun 10 2026

कञ्चनपुरमा शिक्षकले विद्यार्थीलाई कुटीकुटी मारे, प्रधानाध्यापकसहित चार शिक्षक पक्राउ

२५ असार, कञ्चनपुर । कञ्चनपुरमा शिक्षकको कुटाईबाट घाईते भएका विद्यार्थीको मृत्यु भएको छ। शिक्षकको कुटाईबाट घाईते भएका जिल्लाको भीमदत्त नगरपालिका वडा नम्वर १७ मझगाउँको महाकाली बाल विद्यालयका छात्र माधव कलौनीको भारतमा उपचारका क्रममा मृत्यु भएको हो। डडेल्धुराको उपक्षेत्रीय अस्पताल, महाकाली, सेती, नेपालगन्जको शिक्षण अस्पताल हुँदै उनलाई उपचारका लागि भारत पुगाईएको थियो। कुटपिटबाट कलौनीको टाउको, छातीमा चोट र दायाँखुट्टा भाँचिएको थियो ।

विद्यार्थीको मृत्युपछि जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले चार जना शिक्षकलाई नियन्त्रणमा लिएको छ। कञ्चनपुर प्रहरीका अनुसार विद्यालयका प्रिन्सिपल यशोदा जोशी, शिक्षकहरु दुर्गादत्त पाठक, लक्ष्मण भट्ट र हर्क जाग्रीलाई घटनाबारे सोधपुछका लागि पक्राउ गरिएको हो। कक्षा ९ मा अध्ययनरत कलौनीलाई असार १३ गते विद्यालयमै कुटपिट गरिएको थियो।

मृतकका बाबु बृरस्पती कलौनीले प्रिन्सिपल यशोदा जोशी र अन्य तीन जना शिक्षकले कुटपिट गरेर घाईते बनाएको आरोप लगाउँदै आएका छन्। माधवले विद्यालयका अन्य साथीभाईसंग पनि कुटपिट गर्ने झै–झगडा गर्ने र खुकुरी समेत प्रहार गर्ने जस्ता कृयाकलाप गरेको विद्यालयले आरोप लगाउँदै आएको छ। दिनेशखबरबाट 

प्रकाशित मिति : July 10, 2019 at 10:48 am