प्रधानमन्त्री रोजगार कार्यक्रमले गाउँकै मुहार फेर्यो, स्थानीय श्रम र सीपमा नमुना सडक (फोटोफिचर)
२५ असार, म्याग्दी । म्याग्दीको मंगला गाउँपालिकामा प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तर्गत नमुना कामहरू भएका छन । अति विपन्न, आर्थिक आयस्तर कमजोर भएका र वेरोजगार नागरिकका लागि श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले कार्यान्वयनमा ल्याएको प्रधानमन्त्री रोजगार कार्यक्रम मार्फत रोजगारी पाएका छन ।

उनीहरूले रोजगारीमात्र पाएका छैनन् उनीहरूको श्रम र सीपका कारण गाउँमा नमुना विकास समेत भएको मंगला गाउँपालिकी उपाध्यक्ष सिर्जना केसीले बताइन । उनका अनुसार मंगला गाउँपालिकाको वडा नम्बर २ मा नमुना रूपमा सडकको सोलिङको काम समेत भएको छ । वडा नम्बर २ को रनवाङ र हिदीमा सडकमा नमुना रूपमा सोलिङको काम भएको छ ।
हेर्नुहोस तस्बीरहरू


प्रकाशित मिति : 09:09









