६ जेष्ठ २०८३, बुधबार | Wed May 20 2026

इटहरिका मेयर द्वारिकालाल चाैधरीले आफ्नै घरमा डोजर चलाए (तस्बीरसहित)

२५ असार, इटहरी । इटहरी उपमहानगरपालिकाका प्रमुख द्वारिकालाल चौधरीले आफ्नै घरमा डोजर लगाएर कम्पाउण्ड वाल भत्काउनुभएको छ । वडा नं १७ स्थित पूर्वपश्चिम राजमार्गमा रहेको उहाँको घरको परिसर सडकमा परेको भनेर आलोचना भएपछि मंगलबार आफैँ उपस्थित भएर पर्खाल भत्काउन लगाउनुभएको हो ।

प्रमुख चौधरीले यसअघि सार्वजनिक जग्गा मिच्नेहरुको संरचना भत्काउने अभियान चलाउनुभएको थियो । उहाँले पहिले आफ्नो घरको परिसरको पर्खाल भत्काएर अभियान चलाउन लाग्नुभएको हो ।

प्रकाशित मिति : 08:00