सामान्य प्रशासन मन्त्रालयको समायोजन महाशाखा विघटन, केदार पनेरूको योजनामा सरूवा
२५ असार, काठमाडाैँ । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सङ्घ, प्रदेश र स्थानीय तहमा सबै कर्मचारी समायोजन गरेपछि मन्त्रालय मातहतको समायोजन महाशाखा विघटन गरेको छ । मन्त्रालयका प्रवक्ता भुपाल बरालले समायोजनको काम सकिएपछि महाशाखा विघटन गरिएको जानकारी गराउनुभयो । सो महाशाखामा रहनुभएका सहसचिव केदारप्रसाद पनेरुलाई अहिले योजना महाशाखामा सरुवा गरिएको छ ।

उहाँले कर्मचारीको समायोजन ऐनमा नै कर्मचारीको समायोजन भएपछि महाशाखा विघटन गर्ने भनिएको र त्यही अनुसार महाशाखा विघटन गरिएको बताउनुभयो । सरकारले सङ्घमा ३९ हजार ९६०, प्रदेशमा १३ हजार ८२१ र स्थानीय तहमा ५१ हजार ४५७ कर्मचारी समायोजन गरेको थियो ।
प्रकाशित मिति : 07:17









